PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

थपिए ९ कोरोना संक्रमितः बारामा ६ पुरुषमा संक्रमण, कूल संख्या ५१६ पुग्यो



पहिलोपोस्ट

थपिए ९ कोरोना संक्रमितः बारामा ६ पुरुषमा संक्रमण, कूल संख्या ५१६ पुग्यो

काठमाडौंः बारामा ६ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बारा सिमरनगढ नगरपालिकाका २२ देखि ४५ वर्षीय पुरुषहरुमा संक्रमण देखिएको हो।

यस्तै, सप्तरीको बलान बिहुल गाउँपालिकाका ३५ पर्षीय पुरुषमा समेत संक्रमण देखिएको हो।

वाग्मती प्रदेशको भक्तपुर र मकवनापुरमा समेत एकएक जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार हेटौंडाका ५४ वर्षीय महिला र भक्तपुर नगरपालिका ९ का ४२ वर्षीय महिलामा संक्रमण देखिएको हो।

यससँगै देशभर संक्रमितको संख्या ५१६ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell