PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

राष्ट्रपति, प्रधानमन्त्रीदेखि कांग्रेस सभापति देउवासम्मलाई अद्यावधिक नक्सा हस्तान्तरण



पहिलोपोस्ट

राष्ट्रपति, प्रधानमन्त्रीदेखि कांग्रेस सभापति देउवासम्मलाई अद्यावधिक नक्सा हस्तान्तरण

काठमाडौं नेपाल सरकारले बिहीबार सार्वजनिक गरेको नेपालको अद्यावधिक नक्सा राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीसहितका विशिष्ठ व्षक्तिलाई हस्तान्तरण गरिएको छ। राष्ट्रपतिसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नक्सा हस्तान्तरण गरिएको हो।

बिहीबार लिम्पयाधुरा, लिपुलेक र कालापानीसहितको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा सार्जनिक गरिएको थियो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार मन्त्रालयको तर्फबाट नक्सा हस्तान्तरण गरेकी हुन्।

यस्तै प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनालाई पनि नक्सा हस्तान्तरण गरिएको छ।  

जेठ ५ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार बिहीबार मन्त्रालयले नक्सा सार्वजनिक गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell