PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

लकडाउनको ६० औँ दिनमा यस्तो देखियो उपत्यकाको जनजीवन

लकडाउनको ६० औँ दिनमा यस्तो देखियो उपत्यकाको जनजीवन

प्रवीण रानाभाट/पहिलोपोस्ट


कोरोना भाइरस (कोभिड-१९)को संक्रमण नियन्त्रण तथा रोकथाम गर्न सरकारले जारी गरेको लकडाउनको शुक्रवार ६० औँ दिन बितेको छ। लकडाउनको दुई महिना बित्दा यसले जनवजीवन नराम्ररी प्रभावित भएको छ।

गत चैत ११ गतेदेखि सरकारले जारी गरेको लकडाउन हालसम्म पनि जारी हुँदा जनजीवन कष्टकर बन्दै गएको छ। यतिबेला अत्यावश्यक बाहेकका सबै सेवा बन्द छन्। विभिन्न समयमा लकडाउन खुकुलो हुने हल्ला चलेपनि देशभर संक्रमितको संख्यामा वृद्धि भएपछि सरकारले लकडाउनलाई लम्ब्याएको हो।

काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुग्दा लकडाउनको पालना भएको देखियो। काठमाडौंका सडक लगभग खाली देखियो। सडकमा मानिसहरुको आवागमन ज्यादै न्यून छ। फाट्टफुट्ट केही अत्यावश्यक सवारी भने चलेका थिए। थापाथली पुग्दा शुक्रवार बरसाइत पर्वको अवसरमा केही श्रद्धालु भक्तजनहरु पूजाको थाली लिएर मन्दिरतर्फ गइरहेको देखिएको थियो।

किसानलाई खेतबारीमा काम गर्न भने लकडाउनले रोकेको छैन। कीर्तिपुरको भत्केपाटी पुग्दा केही किसानहरु गहुँ काट्दै गरेको देखिएको थियो। त्यस्तै लकडाउनले केटाकेटीलाई खेल्दै रमाइलो गर्न पनि रोकेको छैन अनि चराचुरुङ्गी पनि निर्वाध आफ्नो कर्म गरिरहेका छन्।

भक्तपुर जाने बाटोको राधेराधे पुलमा टाँगिएको कोरोना सम्बन्धी ब्यानर।
एकान्तकुनाको सुनसान सडक, काठमाडौं।
एकान्तकुनाको सुनसान सडक, काठमाडौं।
एकान्तकुनाको सुनसान सडक, काठमाडौं।
एकान्तकुनाको सुनसान सडक, काठमाडौं।
मनोहरा खोलाको किनारमा बरसाइत पर्वको अवसरमा श्रद्धालु भक्तजन।
मनोहरा खोलाको किनारमा बरसाइत पर्वको अवसरमा श्रद्धालु भक्तजन।
भत्केपाटीस्थित खेतमा गहुँ काट्दै किसान, कीर्तिपुर।
भत्केपाटीस्थित खेतमा गहुँ काट्दै किसान, कीर्तिपुर।
भत्केपाटीस्थित गहुँबारीमा भँगेरा, कीर्तिपुर।
गुँडमा चरा, कीर्तिपुर।
बच्चाबच्चीलाई खेलाउँदै युवक, कीर्तिपुर।
फुटबलमा रमाउँदै युवा, भक्तपुर।
घाँसको भारी बोकेर घरतर्फ लाग्दै महिला, भक्तपुर।
एकान्तकुनाबाट देखिएको सूर्यास्त, काठमाडौं।


ट्रेन्डिङ पोस्ट

Ncell