PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

युपी र बिहारमा थपिए ४११ नयाँ संक्रमित, भारतमा एकै दिन ६ हजार ३ सय ३९ मा पुष्टि



पहिलोपोस्ट

युपी र बिहारमा थपिए ४११ नयाँ संक्रमित, भारतमा एकै दिन ६ हजार ३ सय ३९ मा पुष्टि

नयाँ दिल्ली : लगातार चौथो दिन पनि भारतमा कोरोनाका संक्रमितको संख्या उकालो लागेको छ। गएको २४ घन्टामा भारतमा ६ हजार ३ सय ३९ नयाँ संक्रमित फेला परेका छन्।

कोरोनाको इपिसेन्टर मानिएको महाराष्ट्रमा मात्रै एकै दिन २ हजार ९ सय ४० नयाँ संक्रमित फेला परे। यो अहिलेसम्मकै उच्च हो। यससँगै भारतमा कोरोनाका संक्रमितको संख्या १ लाख २३ हजार ८१ पुगेको छ। यो संख्याको एक तिहाई पछिल्लो चार दिनमा थपिएका हुन्।

शुक्रवार भारतमा १ सय ४० जनाको मृत्यु भयो यसकै कारण। मृत्यु हुनेमा पनि महाराष्ट्रले नै लिड गरेको छ जहाँ ६३ जनाले कोरोनाका कारण ज्यान गुमाए। भारतमा अहिलेसम्म कोरोना ठीक भएका व्यक्तिको संख्या ५१ हजार ५ सय ३८ पुगेको छ।

नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा २ सय ३२ नयाँ केस थपिएको छ। यससँगै युपीमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६३ पुगेको छ।

नेपालसँग सबैभन्दा लामो सीमा जोडिएको भारतीय राज्य बिहारमा कोरोना संक्रमितको संख्याले २ हजारको सीमा पार गरेको छ। शुक्रवार मात्रै बिहारमा १ सय ७९ नयाँ संक्रमितमा कोरोना पोजेटिभ देखियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell