PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

बिहारका ७२ प्रतिशत संक्रमित फर्किएका कामदार, नेपालीहरु पनि उनीसँगै थिए आएका



पहिलोपोस्ट

बिहारका ७२ प्रतिशत संक्रमित फर्किएका कामदार, नेपालीहरु पनि उनीसँगै थिए आएका

पटना : कोरोना भाइरस बिस्तार हुन थालेपछि भारतमा लगाइएको लकडाउनका कारण मजदूरहरु आफ्नो गाउँ फर्कनेक्रम सुरु भयो। सुरुमा त हिँडेरै सयौं किलोमिटर दुरी तय गरे उनीहरुले। पछि श्रमिक रेल मार्फत् मजदूरलाई पठाउनेक्रम सुरु भयो।

पछिल्लो २० दिनमा नेपालसँग सबैभन्दा बढी सीमा जोडिएको भारतीय राज्य बिहारमा ह्वात्तै संक्रमितको संख्या बढ्यो। २० दिनमा थपिएका संक्रमितमध्ये ७२ प्रतिशत आप्रवासी कामदार रहेको खुलेको छ जो भारतका विभिन्न शहरबाट गाउँ फर्केका थिए। बिहारमा श्रमिक फर्किनेक्रममा नेपालीहरु पनि भारतबाट फर्केका छन्। नेपालमा संक्रमितको रफ्तार उनीहरुको फर्काइसँगै बढेको छ।

बिहारमा एक सातामा संक्रमितको संख्या दोब्बरले बढ्यो। मे १५ मा १ हजार संक्रमित थिए त्यहाँ। अहिले बढेर २ हजार १ सय ६६ को आँकडा पार भइसकेको छ। मुख्यगरी दिल्ली, गुजराज र महाराष्ट्रबाट फर्किएकाहरुमा संक्रमण बढी देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell