PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

संक्रमितको संख्यामा ब्राजिलले उछिन्यो रसियालाई



पहिलोपोस्ट

संक्रमितको संख्यामा ब्राजिलले उछिन्यो रसियालाई

कोरोना संक्रमितको संख्यामा ब्राजिलले रसियालाई पछि पारेको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्याङ्कले देखाएको छ। १६ लाख संक्रमित रहेका अमेरिका पहिलो स्थानमा छ भने धेरै संक्रमितको दोस्रो स्थानमा ब्राजिल। ब्राजिलमा आज बिहानको तथ्याङ्कअनुसार ३ लाख ३० हजार ८ सय ९० जनामा कोभिड १९ को संक्रमण देखिएको छ।

यसअघि दोस्रो स्थानमा रहेको रसिया ३ लाख २६ हजार ४ सय ४८ संक्रमित संख्या सहित तेस्रो स्थानमा छ। सुरुमा संक्रमितको संख्या रसियामा अन्य मुलुकको तुलनामा नियन्त्रित भए पनि पछिल्ला दुई सातामा त्यहाँ संक्रमितको संख्या ह्वात्तै माथि गएको हो।

चौथो स्थानमा बेलायत रहेको छ। बेलायतमा संक्रमितको संख्या २ लाख ५५ हजार ५ सय ४४ पुगेको छ। पाचौं स्थानमा रहेको स्पेनमा संक्रमितको संख्या २ लाख ३४ हजार ८ सय २४ छ भने छैटौंमा रहेको इटलीमा २ लाख २८ हजार ६ सय ५८ जना संक्रमित छन्।

सातौं स्थानमा छ फ्रान्स। फ्रान्समा १ लाख ८२ हजार १५ जना संक्रमित छन्। आठौं स्थानमा रहेको जर्मनीमा १ लाख ७९ हजार ७सय १० जना संक्रमित छन्। नवौं स्थानमा रहेको टर्कीमा १ लाख ५४ हजार ५ सय संक्रमित छन्। दशौं स्थानमा रहेको इराना १ लाख ३१ हजार ६ सय ५२ जना संक्रमित छन् भने एघारौं स्थानमा रहेको भारतमा १ लाख २४ हजार ७ सय ९४ जना संक्रमित छन्।

संकमणको दर जति भए पनि मृत्यु दरमा भने निक्कै अन्तर देखिन्छ यी मुलुकहरुमा। जस्तो कि रसियामा मृत्यु दर निक्कै कम छ भलै संक्रमण धेरै जनामा भएको होस्।

विश्वभर अहिलेसम्म कोरोनाका कारण ३ लाख ३८ हजार १ सय ४२ जनाको मृत्यु भइसकेको छ। जसमध्ये अमेरिका एक्लैमा ९५ हजार ९ सय ७२ जना रहेका छन्। मृत्यु दरमा दोस्रो स्थानमा बेलायत रहेको छ। त्यहाँ ३६ हजार ४ सय ७५ जनाको मृत्यु भइसकेको छ। इटलीमा ३२ हजार ६ सय १६ जना कोरोनाका कारण मरेका छन्। फ्रान्समा २८ हजार २ सय १८ जनाको मृत्यु भएको छ।

संक्रमितको सूचीमा दोस्रो स्थानमा रहेको ब्राजिलमा अहिलेसम्म २१ हजार ४८ जनाको मृत्यु भएको छ। जर्मनीमा ८ हजार २ सय २८ जनाको मृत्यु भएको छ भने रसियामा ३ हजार २ सय ४९ जनाको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell