
काठमाडौं : थपिएका एक जना कोरोना संक्रमित महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत विरामी भएको खुलेको छ।
उनमा संक्रमण पुष्टि भएलगत्तै हिजै शिक्षण अस्पतालको कोरोना आइसोलेसन कक्षमा सारिएको अस्पतालका एक चिकित्सकले पहिलोपोस्टलाई जानकारी दिए।
मकवानपुर घर भएका उनको मुटुको समस्या थियो। त्यसैको उपचारका लागि भर्ना गरिएको थियो।
'हिजो नै परीक्षणमा पोजेटिभ देखिएको हो। त्यसपछि उहाँलाई टिचिङको आइसोलेसन वार्डमा सारिएको छ,' सेन्टरका ती चिकित्सकले भने।
आज बिहान स्वास्थ्य मन्त्रालयले थप ३२ जना नयाँ संक्रमित फेला परेको सार्वजनिक गरेको थियो।