PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अमेरिकामा संक्रमितको संख्या १६ लाख पार



पहिलोपोस्ट

अमेरिकामा संक्रमितको संख्या १६ लाख पार

कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १६ लाख पार भएको छ। जोन्स हप्किन्स विश्वविद्यालयको आज बिहानसम्मको तथ्याङ्क अनुसार अमेरिकामा १६ लाख ९ सय ३७ जना संक्रमित पुगेका छन्।

चीनबाट सुरु भएको संक्रमणले विश्वव्यापी स्वरुप लिँदा अमेरिका भने ढिलो गरी लकडाउना गएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनविरुद्ध विषवमन गरिरहँदा अमेरिकामा भने संक्रमणले ढपक्कै ढाकिसकेको थियो। विश्वभर ५२ लाख १० हजार ८ सय सत्र जना संक्रमित हुँदा अमेरिकामा मात्र त्यसको ३० दशमलब ७ प्रतिशत संक्रमित छन्।

विश्वभर कोरोनाले ३ लाख ३८ हजार १ सय ६० जनाको ज्यान लिइसकेको छ। अमेरिका एक्लैमा ९५ हजार ९ सय ७९ जनाको मृत्यु भएको छ। अमेरिकाको न्युयोर्क संसारकै सबैभन्दा संक्रमित शहर हो। यहाँ मात्रै २८ हजार ८ सय ५३ जनाको मृत्यु भएको छ। न्युयोर्कमा कोरोनाबाट ६३ हजार २ सय ९२ जना मुक्त पनि भइसकेका छन्। अमेरिकाभर अहिलेसम्म ३ लाख ५० हजार १ सय ३५ जना संक्रमणमुक्त भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell