PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

एम्बुलेन्स सहित काली गण्डकी नदीमा खसेका चालक पाँच दिनपछि मृत भेटिए



रासस

एम्बुलेन्स सहित काली गण्डकी नदीमा खसेका चालक पाँच दिनपछि मृत भेटिए

गलेश्वरः उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका २ रिठाबोटस्थित काली गण्डकी नदीमा खसेको एम्बुलेन्सका चालकको शव भेटिएको छ। आइतबार मुस्ताङको लेते प्राथमिक स्वास्थ्य केन्द्रबाट सुत्केरी लिन बेनीतर्फ आइरहेको ग १ झ ३११ नम्बरको एम्बुलेन्स सडकबाट काली गण्डकी नदीमा खस्दा चालक बेपत्ता भएका थिए।

थासाङ गाउँपालिका–४ का २१ वर्षीय सुजन विश्वकर्माको शव शुक्रवार साँझ पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा भेटिएको हो।

बनेपा ९ गलेश्वरको दोभानमा शव देखिएको सूचनाका आधारमा खोजी कार्य गर्दा पर्वतको फर्सेमा भेटिएको नेपाल रेडक्रस सोसाइटी म्याग्दीका उपमन्त्री सुरत केसीले बताए। बेपत्ता चालकको खोजीमा लागेका प्रहरी नायव उपरीक्षक किरण कुँवरसहितको टोलीसमेत घटनास्थलमा पुगेका थिए। मृतक चालकको शव परीक्षण गरी परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell