PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आन्दोलनमा उत्रिए फ्रान्सका डाक्टर, ५० जनाभन्दा धेरैलाई जरिवाना



पहिलोपोस्ट

आन्दोलनमा उत्रिए फ्रान्सका डाक्टर, ५० जनाभन्दा धेरैलाई जरिवाना

आन्दोलनमा उत्रिएको भन्दै फ्रान्समा कम्तिमा पनि ५० स्वास्थ्यकर्मीलाई जरिवाना गराइएको छ भने तीनजनालाई गिरफ्तारी गरिएको छ।

आर्थिक अभावसँग जुधिरहेको अस्पालका लागि लगानी गर्नुपर्ने मागसहित ४ सयभन्दा धेरै डाक्टर र नर्सहरु आन्दोलनमा उत्रिएको बीबीसीले जनाएको छ। आन्दोलनमा उत्रिएका उनीहरुले सामाजिक दुरी पालन गर्नुपर्ने नियम तोडेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरुलाई आन्दोलनमा उत्रिएकै ठाउँमा आन्दोलन छोड्न अथवा १ सय ३५ युरो जरिवाना तिर्न सूचना जारी गरेको थियो।

आन्दोलनमा उत्रिएकाहरुले तलब वृद्धि तथा स्वास्थ्यकर्मीको सुरक्षा तथा काम गर्ने वातावरण सुधारको माग गरेका थिए।

सोसल मिडियामा सार्वजनिक भएको फुटेजमा अस्पतालको गेटमा नै ठूलो भिड लागेको देखिन्छ।

रोबर्ट देभ अस्पतालले पहिलेदेखि नै आर्थिक संकट बेहोरिरहेको थियो। कोरोना भाइरसको संक्रमण बढेसँगै अस्पतालको आर्थिक अवस्था थप खराब बनेको हो।

आन्दोलित चिकित्सकहरुले बढी समय काम गर्नुपरेको, असुरक्षित हिसाबले काम गर्न परेको लगायतका विषय उठाएका थिए। फ्रान्सले यसै महिनाको सुरुदेखि लकडाउन केही खुकुलो पारेको भए पनि राजधानी पेरिसमा भने लकडाउन कडा नै राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell