PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

काठमाडौंमा उपचाररत महिलामा कोरोना पुष्टि भएपछि हेटौंडाको अस्पतालको ओपिडी बन्द



पहिलोपोस्ट

काठमाडौंमा उपचाररत महिलामा कोरोना पुष्टि भएपछि हेटौंडाको अस्पतालको ओपिडी बन्द

हेटौँडा : हेटौँडा अस्पतालले बहिरङ्ग सेवा (ओपिडी) बन्द गर्ने जनाएको छ। उक्त अस्पतालमा उपचार गरी काठमाडौँ लगिएकी महिलामा कोरोना पुष्टि भएपछि तत्काललाई सो सेवा बन्द गर्न लागिएको हो।

अस्पतालका चिकित्सक तथा नर्सलगायत २२ जनालाई आइसोलेशनमा राख्ने निर्णय भएको अस्पतालका कोरोना विभागका डाक्टर हरिबहादुर खड्काले जानकारी दिए। यसबाहेक अस्पतालका १५५ जनाको पिसिआर विधिमार्फत् कोरोना परीक्षण गर्ने जनाइएको छ।

सामाजिक विकास मन्त्री युवराज दुलालका अनुसार कोरोना सङ्क्रमित महिलासँग विभिन्न चरणमा भेट भएका वा उनको उपचारमा संलग्नलगायतको खोज एवं पहिचान गरी परीक्षण गर्ने तथा आइसोलेशनमा राख्ने काम भइरहेको छ।

शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा हेटौँडा–३ का एक जनामा काठमाडौँकै प्रयोगशालामा कोरोना पुष्टि भएको जनाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell