PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

नारायणी अस्पतालबाट आज ९ जना संक्रमित डिस्चार्ज हुँदै, निको हुनेमा एक भारतीय पनि



राधेश्याम पटेल

नारायणी अस्पतालबाट आज ९ जना संक्रमित डिस्चार्ज हुँदै, निको हुनेमा एक भारतीय पनि

  • राधेश्याम पटेल -

वीरगंज : वीरगंजको नारायणी अस्पतालमा उपचाररत ९ जना संक्रमित कोरोनामुक्त भएका छन्। एक भारतीयसहित पर्साका ४, बाराका २ र रौतहटका ३ गरी ९ जना संक्रमितको पछिल्ला दुई पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो। उनीहरु सबैलाई आजै डिस्चार्ज गर्न लागिएको नारायणी अस्पतालका कोरोना विभाग प्रमुख डा. उदयनारायण सिंहले जानकारी दिए। डिस्चार्ज हुन लागेका सबै पुरुष हुन्।

कोरोना मुक्त हुनेहरुमा वीरगंज–२ का ३० वर्षीय, वडा नं ३ का ५० वर्षीय, वडा नं १६ का ५१ वर्षीय छन्। निको भएका एक ४२ वर्षीय चाहिँ भारतीय हुन्। 

त्यसैगरी, बारा, जितपुर सिमरा ७ का ४३ वर्षीय र सिम्रौनगढ ४ का ३१ वर्षीय पुरुष गरी २ जना, रौहतट, ईशनाथ नगरपालिका वडा नं ८ का १९ वर्षीय, वृन्दावन नगरपालिका वडा नं ८ का २४ वर्षीय र देवाही गोनाही नगरपालिका वडा नं १ करुनीयाका २२ वर्षीय पुरुष डिस्चार्ज हुँदैछन्।

'सर्बै तयारी भइसकेको छ, कागजी प्रकृया मिलाउँदै छौं,' डाक्टर सिंहले भने। ९ जना डिस्चार्ज भएपछि अब नारायणी अस्पतालले ८७ जना संक्रमितको उपचार जारी राख्नेछ। तीमध्ये ६२ जना नारायणीमा र २५ जना गण्डक अस्पतालको आइसोलेशन वार्डमा छन्। संक्रमितहरु १५ जना महिला र ७२ जना पुरुष रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell