PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

बालुवाटारमा नेकपाको शीर्ष नेताको भेला, बजेट र एमसीसीबारे छलफल हुँदै



पहिलोपोस्ट

बालुवाटारमा नेकपाको शीर्ष नेताको भेला, बजेट र एमसीसीबारे छलफल हुँदै
फाइल फोटो

काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु वालुवाटारमा भेला भएका छन्। दिउँसो ३ बजेपछि सुरु भएको भेलामा नेकपाका सचिवालय सदस्यबाहेक अर्थमन्त्री युवराज खतिवडा, स्थायी कमिटी सदस्यहरु युवराज ज्ञवाली र भीम रावल सहभागी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

बैठकमा बजेटको विषयमा छलफल हुने थापाले बताए।

'बजेटकै विषयमा छलफल हुने भएकाले अर्थमन्त्री पनि सहभागी हुनुहुन्छ, उनले भने।

यस्तै हालै प्रकाशित नयाँ नक्सा र अमेरिकी मिलिनियम च्यालेन्ज (एमसीसी) का विषयमा छलफल हुनेछ। नक्सा जारी पछि सीमाका विषयमा कसरी अघि बढ्ने भन्ने छलफल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell