PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

सुदूरपश्चिममा आज देखिएका चार जना कोरोना संक्रमित भारतबाट भित्रिएका, सँगै आएका थिए साढे दुई हजार जना



एम बम

सुदूरपश्चिममा आज देखिएका चार जना कोरोना संक्रमित भारतबाट भित्रिएका, सँगै आएका थिए साढे दुई हजार जना

कैलाली :  सुदूरपश्चिम प्रदेशमा आज थपिएका चार जना कोरोना संक्रमति भारतबाट आएको खुलेको छ। बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर १ र २ का २०, २०, २२ र २७ वर्षे संक्रमति पुरुष भारतबाट आएका हुन्।

उनीहरु जेठ ८ गते गौरीफन्टा नाकाबाट उद्धार गरिएको थियो। सोही दिन उक्त नाकाबाट दुई हजार चार सय ९८ जनाको उद्धार गरिएको थियो। सेती प्रादेशिक अस्पतालका अनुसार सीमामा गरिएको र्‍यापिड टेस्टमा एन्टिबडी देखाएपछि उनीहरुलाई अस्पतालको आइसोलेसनमा राखिएको थियो।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले भारतबाट आएका उनीहरुलाई ८ गते रातिदेखि नै आइसोलेसनमा राखिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell