PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

सहकर्मी कोरोना मुक्त भएपछि महानगरका कर्मचारीमा खुशी



पहिलोपोस्ट

सहकर्मी कोरोना मुक्त भएपछि महानगरका कर्मचारीमा खुशी

वीरगंजः संक्रमित सहकर्मी कोरोना संक्रमण मुक्त भएपछि वीरगंज महानगरका कर्मचारीमा खुसियाली छाएको छ।  वीरगंज महानगरका ५० वर्षीय एक पुरुषमा कोरोना संक्रमण भएको थियो। शनिबार उनी कोरोना मुक्त भएका हुन्।

नारायणी अस्पतालमा उपचाररत उनी शनिबार डिस्चार्ज भएका हुन्। शनिबार नारायणी अस्पतालका ९ जना डिस्चार्ज भएका छन्।

बिहीबार कोरोनामुक्त भएका उनी छपकैयाका बासिन्दा हुन्।

वीरगंज महानगरका सरसफाई इकाइ प्रमुख सर्फुद्दिन मियाले उनलाई फूल दिएर स्वागत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell