PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

बुन्डेसलिगा: वुल्भ्सबर्गलाई हराउँदै डर्टमुन्डले शीर्ष स्थानका लागि अंकदुरी घटायो



पहिलोपोस्ट

बुन्डेसलिगा: वुल्भ्सबर्गलाई हराउँदै डर्टमुन्डले शीर्ष स्थानका लागि अंकदुरी घटायो

जर्मन बुन्डेसलिगा अन्तर्गत आज भएको खेलमा लिग तालिकाको दोस्रो स्थानको बोरुसिया डर्टमुन्डले वुल्भ्सबर्गमाथि २-० को जित निकालेको छ।

अघिल्लो खेलमा शाल्केलाई हराएको डर्टमुन्डले जितसँगै शीर्षस्थानको ब्रायनसँग अंक दुरी घटाएको छ।

भोल्क स्वागेन एरेनामा भएको खेलमा डर्टमुन्ड पहिलो हाफमा १ गोल र दोस्रो हाफमा अर्को गोल गरेको थियो। खेलको ३२ औं मिनेटमा हजार्डको पासमा राफेल ग्वुर्रेइरोले गोल गर्दै खाता खोलेका थिए।

पहिलो हाफमा १-० ले अघि रहेको डर्टमुन्डका लागि दोस्रो हाफमा अच्राफ हकिमीले गोल गर्दै अग्रता दोब्बर बनाए। उनले खेलको ७८ औं मिनेटमा गोल गरेका थिए। जितसँगै डर्टमुन्डको ५७ अंक छ। ५८ अंकसहित शीर्षस्थानमा रहेको ब्रायनले आजै अर्को खेल खेल्नेछ।

आजै भएका अरु खेलहरुमा फ्रेइबर्गमाथि वेरडरले १-० को जित निकाल्यो। त्यस्तै पाडरबोर्न र हफिन हेइमले १-१ को बराबरी खेले। त्यस्तै ग्ल्याडब्याचमाथि लेभरकुसेनले ३-१ गोल अन्तरले जित हात पार्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell