कीर्तिपुर : कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। आरडीटीमा पोजेटिभ देखिएका नौ जनाकै रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पीसीआर विधिबाट परीक्षण हुँदा सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका उपप्रमुख सरस्वती रिजालले जानकारी दिइन्। उनका अनुसार नगरपालिकामा गत जेठ ४, ५ र ६ गते गरिएको कोरोना परीक्षणमा चार सफाइ मजदुर एवं पाँच जनप्रतिनिधि तथा कर्मचारीको रिपोर्ट पोजेटिभ देखिएपछि नमुना परीक्षणका लागि टेकु पठाइएको थियो।
रिपोर्ट पोजेटिभ देखिएपछि त्रिभुवन विश्वविद्यालय र राराहिलको क्वारेन्टाइनमा राखिएका उनीहरुलाई घर पठाइएको उपप्रमुख रिजालले जानकारी दिइन्।