PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

भारतले १० दिनभित्र २६ सय रेलबाट ३६ लाख आप्रवासी कामदारलाई घर पठाउँदै, नेपालतिर जोखिम



पहिलोपोस्ट

भारतले १० दिनभित्र २६ सय रेलबाट ३६ लाख आप्रवासी कामदारलाई घर पठाउँदै, नेपालतिर जोखिम

नयाँ दिल्ली : इन्डियन रेलवेजले आगामी १० दिनमा २ हजार ६ सय थप श्रमिक स्पेसल रेल संचालन गर्ने भएको छ जसबाट ३६ लाख आप्रवासी मजदुर आफ्नो गाउँ फर्किन सक्नेछन्। पछिल्लो २३ दिनमा यति नै संख्यामा श्रमिकका लागि रेल संचालनमा ल्याइसकिएको छ। भारतले रेल सेवा सुरु गरेर श्रमिक फिर्ता पठाउन थालेपछि नेपालमा पनि कोरोनाका संक्रमितको संख्या ह्वात्तै माथि लागेको हो।

पूर्वी भारततिर लक्षित गरेर रेल सेवा चलाउने तयारी भएको छ जसको बुकिङ ९० देखि १०० प्रतिशत नै पुगिसकेको छ। रेलवे बोर्डका अध्यक्ष भीके यादवले अझै धेरै रेल परिचालन गरेर मानिसहरुलाई उनीहरुको राज्यमा पठाउने तयारी भइरहेको जानकारी दिए।

भारतले यो रेल सेवालाई राज्यभित्रैमात्र पनि संचालन गर्ने छ जसबाट करिब १० देखि १२ लाख यात्रुले सहजै दुरी तय गर्न पाउने छन्। भारतको गृह मन्त्रालयको आँकलन अनसार करिब ४० लाख मानिसहरुले बसबाटै दुरी तय गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell