
जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको बायर्न म्युनिखले फ्राङ्फर्टलाई हराउँदै अंकतालिकामा ४ अंकको अग्रता बनाएको छ।
एलिनाज एरिया स्टेडियममा भएको खेलमा घरेलु टोली बायर्नले ५-२ को सहज जित निकालेको हो। खेलको १७ औं मिनेटमै लेओन गोरेट्काले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए। त्यस्तै थोमस मुलरले ४१ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा बायर्न २-० ले अगाडी रह्यो।
दोस्रो हाफमा बायर्नका लागि रोबर्ट लेवानडोस्कीले गोल गर्दै टिमलाई सहज अवस्थामा पुर्याए। तर खेलको ५२ औं र ५५ औं मिनेटमा मार्टिन हिन्टेरेज्जरले गोल गर्दै फ्र्याङकफर्टलाई खेलमा फर्काउन चाहे। फेरि ६१ औं मिनेटमा बायर्नका अल्फोनसो डेभिसले गोल गर्दै बायर्नलाई फेरि सहज अवस्थामा पुर्याए।
खेलको हिन्टेरेज्जरले आत्मघाती गोल गरे। यो सँगै बायर्नले ५-२ गोलको सहज जित निकाल्न सफल रह्यो।
जितसँगै बायर्न लिगको शीर्षस्थानमा कायम छ। दोस्रो स्थानको डर्टमन्डलाई ४ अंकले पछि पारेको बायर्नको ६१ अंक छ।