PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

टोखामा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु, एक गम्भीर घाइते



पहिलोपोस्ट

टोखामा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु, एक गम्भीर घाइते

काठमाडौँ : टोखा नगरपालिकाको पञ्चेटारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

विपरीत दिशाबाट आइरहेका दुई मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

'एक आपसमा ठोकिँदा दुर्घटना भएर मृत्यु भएको देखिएको छ। थप अनुसन्धान गरिरहेका छौँ,' महानगरीय प्रहरी वृत्त महाजगञ्जका डिएसपी उमेश लम्सालले भने।

साढे ५ बजेतिर सामाखुसीबाट झोरतर्फ जाँदै गरेको बा ८५ प ५६६ नम्बरका मोटरसाइकलका २२ वर्षीय चाल पासाङ तामाङ र टोखा झोरतर्फ बाट टोखा तर्फ आउँदै  गरेको मोटरसाइकलका चालक २२ को मनोज दुलालको मृत्यु भएको हो।

मोटरसाइकलमा सवार मथुरा दुलाल भने गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ। उनीहरू मध्ये एक जना आफन्तकहाँ र अर्का भने दूध लिएर गएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell