PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कोरोना नजचाएको भन्दै भतिजले काकालाई कुट्दा मृत्यु, नयाँ दिल्लीबाट पुगेका थिए युपी



पहिलोपोस्ट

कोरोना नजचाएको भन्दै भतिजले काकालाई कुट्दा मृत्यु, नयाँ दिल्लीबाट पुगेका थिए युपी

लखनउ : कोरोना भाइरस परीक्षण गर्न नमानेको भन्दै आफ्नै भतिजहरुले कुटेपछि एक २३ वर्षका युवकको मृत्यु भएको छ। नयाँ दिल्लीबाट उत्तर प्रदेशकी बिनजोर पुगेका युवकको ज्यान गएको हो।

मिरौतमा उपचारका क्रममा मनजीत सिंह नामका ती युवकको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको मृत्युपछि उनका बाबु कल्याण सिंहले प्रहरीकहाँ किटानी उजुरी दिएका थिए। मनजितका भतिजहरु कपिल र मनोज तथा उनीहरुका आमा पुण्या र मनोजकी पत्नी डोलीविरुद्ध जाहेरी परेको नहतौर प्रहरीले जनाएको छ। यद्यपि उनीहरुलाई पक्राउ गरिएको छैन।

उनको मृत्यु टाउकोमा लागेको गहिरो चोटका कारण भएको प्रहरीले जनाएको छ। उनको उपचारका क्रममा पनि चिकित्सकहरुले कोरोना भाइरसको परीक्षण नगरेको प्रहरीले जनाएको छ।

बिनजोरका एडिसनल एसपी संजय कुमारले मनजीत सिंह मे १९ मा दिल्लीबाट आएको बताए। थर्मल स्क्रिनिङ गर्दा उनको रिपोर्ट नेगेटिभ देखिएकाले उनको स्याम्पलसमेत नलिएको प्रहरीको रेक्रडमा उल्लेख छ।

बिनजोरका प्रमुख मेडिकल अधिकृत डाक्टर बिजय यादवले उनमा संक्रमणको कुनै संकेत नदेखिएको जनाएका छन्।

प्रहरीले उनी गत बिहीवार घर पुगेको जनाएको छ।

'उनी घर फर्किएदेखि नै उनका भतिजहरु कपिल र मनोजले कोरोना परीक्षण गराउन दवाव दिइरहेका थिए। बिहीवार फेरि यही कुरा दोहरियो र उनीहरुबीच झगडा परेको देखिन्छ। त्यही क्रममा हजुरआमाको राम्रोसँग रेखदेख नगरेको आरोप उनले लगाएको देखियो,' अनुसन्धानमा खटिएका एक प्रहरीले भने, 'त्यसपछि उनीहरुले लौराले हानेको देखिन्छ। उनको टाउको र काँधमा चोट लागेको देखिन्छ। मनजीत बेहोस् भएपछि उनको परिवारले सरकारी अस्पताल पुर्‍याएको देखिन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell