PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

प्रहरी बिटमा नै असई मृत अवस्थामा फेला, टाउकोमा गोलीको दाग



पहिलोपोस्ट

प्रहरी बिटमा नै असई मृत अवस्थामा फेला, टाउकोमा गोलीको दाग

काठमाडौं : स्वयम्भूमा एक प्रहरी मृत अवस्थामा फेला परेका छन्।

प्रहरी बिट स्वयम्भूमा कार्यरत प्रहरी सहायक निरीक्षक( असई) विष्णु कार्की मृत अवस्थामा फेला परेका हुन्। उनको टाउकोमा गोली लागेको छ। 'टाउकोमा चोट छ। गोली कसरी लाग्यो? के हो  भन्ने अनुसन्धान गरिरहेका छौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले भने।

मृत कार्की राती १२ बजेसम्म ड्युटी सकेर बिटमा नै रहेको कोठामा सुत्न गएका थिए। बिहान अबेरसम्म नउठेपछि हेर्न जाँदा कार्की मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

अहिले घटनाको अनुसन्धान गर्न चिकित्सक सहितको टोली घटनास्थल पुगेको छ।घटना आत्महत्या वा हत्या हो भन्ने नखुलेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell