PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कोरोना संक्रमित महिलाले जन्माइन जुम्ल्याहा, दुवै शिशु स्वस्थ



पहिलोपोस्ट

कोरोना संक्रमित महिलाले जन्माइन जुम्ल्याहा, दुवै शिशु स्वस्थ

भारतको मध्य प्रदेशमा कोरोना भाइरसबाट संक्रमित एक महिलाले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन्। २८ वर्षीया महिलाले इन्दोरको अस्पतालमा शनिवार जुम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन्।

महाराजा टुकोजीराव होल्कर अस्पतालका डाक्टर सुमित शुक्लाले डेलिभरीपछि आमा र दुबै शिशु पूर्ण रुपमा स्वस्थ रहेको बताए। शिशुको जन्म कुनै अप्रेशन विना सामान्य रुपमा भएको डाक्टर शुक्‍लाले जानकारी दिएको पीटिआईलाई उद्धृत गर्दै टाइम्स अफ इण्डियाले जनाएको छ।

मध्य प्रदेशमा कोरोनाबाट ६ हजार संक्रमित छन् भने २५० को मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell