PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

आजदेखि बाग्लुङका चार वटा पालिका सिल, अवज्ञा गर्नेलाई कारबाही



पहिलोपोस्ट

आजदेखि बाग्लुङका चार वटा पालिका सिल, अवज्ञा गर्नेलाई कारबाही

काठमाडौं : बाग्लुङको पश्चिमी क्षेत्रका चार वटा पालिका आजबाट सिल गरिएको छ।

ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, निसिखोला गाउँपालिका र तमानखोला गाउँपालिका आजदेखि लागू हुने गरी जेठ २० गतेसम्मका लागि सिल गरिएको हो।

लकडाउनलाई मध्यनजर गरी चार वटै पालिकाका प्रमुख उपप्रमुख र इलाका प्रहरी कार्यालयको प्रमुख लगायतको उपस्थितमा शनिवार बसेको बैठकले पालिका सिल गर्ने निर्णय गरेको थियो। बैठकले चार वटै पालिकाका मुख्य  सीमा नाकाहरू बन्द गर्ने, सञ्चालनमा रहेका खाद्यान्न पसलहरू पनि २० गते सम्मलाई बन्द गर्ने, निर्माण सामाग्री र बिरामी बोक्ने एम्बुलेन्स र गाडी बाहेक अन्य गाडी सञ्चालनमा रोक लगाउने, मर्निङ वाकका नाममा हिँड्नेलाई कारबाही गर्ने लगायतका निर्णय गरेको छ।

यसैबीच ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीले आफ्नो नगरबासिहरुलाई लकडाउन र सिलको अनुशासित रूपमा पालना गरी  सचेत र संयमित रहने तर भयबित नहुन आग्रह गरेका छन्। इलाका प्रहरी कार्यालय बुरतिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले यस अवधिमा थप कडाइ गरिने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell