PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

कारागारको झडपलाई लिएर छानविन समिति, प्रारम्भिक रिपोर्ट : उधारोमा सामानले लफडा



पहिलोपोस्ट

कारागारको झडपलाई लिएर छानविन समिति, प्रारम्भिक रिपोर्ट : उधारोमा सामानले लफडा
फाइल फोटो

काठमाडौं : डिल्लीबजार कारागारभित्र झडप विषयमा छानविन गर्न कारागार व्यवस्थापन विभागले छानविन  समिति गठन गरेको छ।

विभागका निर्देशक वेदनिधि अधिकारी र सूचना अधिकारी देवर्षी सापकोटाकलाई छानविन गर्न जिम्मेवारी दिएको विभागका महानिर्देशक प्रदीपराज कणेलले जानकारी दिए।

आइतवार बिहान कारागारमा कारागारका नाइके र कैदीबन्दीबीच विवाद हुँदा झगडा भएको थियो।

'लकडाउनमा आफन्त भेट्न रोक लगाइएको छ। त्यसैले कैदीसँग पैसा छैन। नाइकेले उधारोमा सामान नदिएपछि विवाद भएको बुझिएको छ,' महानिर्देशक कँडेलले भने।

नाइके गोकुल गिरी र कैदीबन्दी बीच विवाद भएको थियो। कैदीबन्दीले नाइके गोकुल गिरीलाई फेर्नु पर्ने बताएका माग राखेका छन्। कारागार नियमावली २०२० अन्तर्गत हरेक एक वर्षमा नाइके तथा भाइ नाइके फेर्नुपर्ने उल्लेख गरिएको छ। तर, गिरी लामो समयदेखि नाइकेका रुपमा कार्यारत थिए।

झडपमा एक जना कैदी सामान्य घाइते भएका छन्। उनको उपचारका लागि अस्पताल लगिएको महानिर्देश कणेलले जानकरी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell