PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

माफी माग्दै वर्षा राउतले भनिन् : बोल्दा जिब्रो चिप्लियो



पहिलोपोस्ट

माफी माग्दै वर्षा राउतले भनिन् : बोल्दा जिब्रो चिप्लियो

नेपाल भारत सम्बन्धमा गरेको टिप्पणीलाई लिएर विवादमा तानिएकी अभिनेत्री वर्षा राउतले माफी मागेकी छिन्।

वर्षाले शनिवार आफ्नो फेसबुक अकाउन्टबाट लाइभ गर्दै नेपाल भारत सम्बन्धमा देखिएको विवादलाई दुई देशका पत्रकारहरुले उचालेको, झगडा उत्पन्न गराएको बताएकी थिइन्। दुई देशका अधिकारीले टेबल टक गर्नुपर्नेमा दुई देशका पत्रकारहरु झगडिँदा आफूले भारतीय मित्रसँग फेस गर्न गाह्रो परिरहेको उनको भनाई थियो।

यो अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भएपछि वर्षाले आज विज्ञप्ति जारी गर्दै माफी मागेकी हुन्। उनले लाइभ बोल्दा जिब्रो चिप्लिएको भन्दै क्षमायाचना गरेकी छिन्।

उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर सरकारले जारी गरेको नक्साको स्वागत गर्दै अब वार्तामा भूमि फिर्ता ल्याउनुपर्नेमा जोड दिएकी छिन्।

भारतीय मिडियाले दुई देशको सम्बन्धलाई विगार्न खोजेको उनको बुझाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell