PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पाकिस्तानमा संक्रमितको संख्या ५० हजार माथि, मन्त्री बालोचलाई सारियो आइसीयुमा



पहिलोपोस्ट

पाकिस्तानमा संक्रमितको संख्या ५० हजार माथि, मन्त्री बालोचलाई सारियो आइसीयुमा

इस्लामावाद : पाकिस्तानमा कोरोना संक्रमितको संख्याले ५० हजारको सीमा पार गरेको छ। ११ सय २५ जना कोरोनाबाट ज्यान गइसकेको छ भने संक्रमितको संख्या ५३ हजार ७ सय ७४ पुगेको छ।

पाकिस्ताको सिन्धमा सबैभन्दा धेरै संक्रमित छन्। त्यहाँ २१ हजार ६ सय ४५ जनामा संक्रमण देखिएको हो। पञ्जाबमा १८ हजार ७ सय ३० संक्रमित रहेका छन्। केपीमा ७ हजार ६ सय ८५ संक्रमित छन् भने बालचोस्थानमा ३ हजार ३ सय ६ जना। इस्लामावादमा संक्रमितको संख्या १५ सय ९२ पुगेको छ।

पाकिस्तानमा अहिलेसम्म १७ हजार १ सय ९८ जना संक्रमण जितेर घर फर्केका छन्।

सिन्धका मन्त्री गुलाम मुरताज बालोचलाई आइसीयुमा सारिएको छ। उनको अवस्था खराब भएपछि आइसीयुमा सारिएको हो। केही दिनअघिमात्रै कोरोनाको संक्रमण देखिएपछि उनलाई अस्पताल लगिएको थियो। उनका परिवारका सदस्य र आफन्तले उनको स्वास्थ्यलाभको कामना गर्न आह्वान गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell