PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

मन्त्री अर्याललाई कमल थापाको सुझाव: घरघरमा नक्सा पुऱ्याउने ‘सस्तो लोकप्रियतावादी’ काम छोड्नुस्



पहिलोपोस्ट

मन्त्री अर्याललाई कमल थापाको सुझाव: घरघरमा नक्सा पुऱ्याउने ‘सस्तो लोकप्रियतावादी’ काम छोड्नुस्

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लिम्पियाधुरा, कालापानी, लिपुलेक समावेश गरेर जारी गरिएको नयाँ नक्सा घरघरमा पुऱ्याउँदै हिड्नु सस्तो लोकप्रियता भएको टिप्पणी गरेका छन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बुधवार जारी गरेको नक्सा मन्त्री पद्मा अर्यालले शीर्ष नेताहरुको घरघरमा पुगेर हस्तान्तरण गरिरहेकी छन्।

थापाले मन्त्री अर्याललाई लक्षित गर्दै ट्वीटरमा भनेका छन्, ‘नेताहरुको घरघरमा नक्सा पुऱ्याउँदै हिड्ने ‘सस्तो लोकप्रियतावादी’ काम छोड्नोस्।'

उनले सार्थक कूटनीतिक वार्ताको तयारीका साथै अतिक्रमित भूमि फिर्ता लिनेबारे गम्भिर गृहकार्यमा लाग्न सरकारको ध्यानाकर्षण समेत गराएका छन्।

थापाले प्रधानमन्त्री कार्यालयलाई मेन्सन गर्दै काम नभएका मन्त्रीहरुलाई कोभिड-१९ नियन्त्रणको जिल्लागत जिम्मेवारी दिएर खटाउन सुझाव पनि दिएका छन्।

शुक्रवार कांग्रेस सभापति शेरबहादुर देउवालाई नक्सा हस्तान्तरण गरेकी मन्त्री अर्यालले शनिवार नेकपाका अध्यक्ष पुष्पकल दाहाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतलाई निवासमा पुगेर नक्सा हस्तान्तरण गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell