
काठमाडौं: प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसद र सांसदहरुको लोगो परिमार्जन गर्ने निर्णय गरेको छ।
सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा आइतवार बसेको बैठकले संघीय संसद र प्रतिनिधिसभाका सदस्यहरुले प्रयोग गर्दै आएको प्रतीकलाई नेपालको वास्तविक सीमा अनुरुपको नक्सा अनुसार परिमार्जन गर्ने निर्णय गरेको हो।
सिंहदरबारमा बसेको उक्त बैठकको निर्णयअनुसार रोष्ट्रमा राखिएको लोगो र सदस्यहरुले लगाउँदै आएको लोगो परिमार्जन हुनेछ।
बैठकले सो निर्णय कार्यान्वयन गर्न तत्काल प्रक्रिया अघि बढाउन संघीय संसद सचिवालयलाई निर्देशन दिएको छ।