PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

होमियोप्याथिक औषधिबाट कोरोना निको हुन्छ? स्वास्थ्य मन्त्रालय भन्छ, ‘सत्यता छैन, रोग प्रतिरोधात्मक क्षमता भने बढाउँछ’



पहिलोपोस्ट

होमियोप्याथिक औषधिबाट कोरोना निको हुन्छ? स्वास्थ्य मन्त्रालय भन्छ, ‘सत्यता छैन, रोग प्रतिरोधात्मक क्षमता भने बढाउँछ’

काठमाडौँः होमियोप्याथिक औषधिबाट कोरोना उपचार हुन्छ भन्ने विश्वास उपचारसँग नजोड्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। हालसम्म कोरोनाको औषधि पत्ता नलागिसकेको अवस्थामा होमियोप्याथिक तथा आयुर्वेद औषधिबाट कारोना निको हुनेमा कुनै प्रमाणित सत्यता नरहेको मन्त्रालयको भनाई छ। 

नियमित स्वास्थ्य बिफ्रिङमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले यसलाई उपचारसँग नजोड्न पनि आग्रह गरे। 

देवकोटाले भने, ‘हालसम्म उपचार पत्ता लागिसकेको छैन। विश्वका धेरै वैज्ञानिक भ्याक्सिन र औषधिबारे लागिरहेका छन्। आयुर्वेदबाट कोरोना उपचार हुन्छ भन्नेमा सत्यता छैन। यस्ता औषधिले रोगसँग लड्न सक्ने क्षमता बढाउन भने मद्दत गर्छ ।’

यस्तै, मन्त्रालयले लामखुट्टेको टोकाइबाट कोरोना संक्रमण फैलिने कुरा प्रमाणित तथ्य नभएको जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell