PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

सरकारले अनुमति दिए १०० शय्याको कोरोना अस्पताल बनाउन तयार छौँ : कलेज सञ्चालक झा



पहिलोपोस्ट

सरकारले अनुमति दिए १०० शय्याको कोरोना अस्पताल बनाउन तयार छौँ : कलेज सञ्चालक झा

जनकपुरधाम : सेन्ट्रल इन्जिनियरिङ कलेज जनकपुरका सञ्चालक विजय झाले प्रदेश सरकारले अनुमति दिए आफू कोरोना उपचारका लागि कोभिड-१९ अस्पताल बनाउन तयार रहेको बताएका छन्।

सञ्चालक झाले प्रदेश २ का दक्षिण सिमाना भारतसँग जोडिएकोले कोराना महमारीको उच्च जोखिम रहेको भन्दै महामारीको चपेटामा परेकाहरुको उपचारको निमित्त प्रदेश सरकारले अनुमति दिए आफूहरु १०० शय्याको कोभिड-१९ विषेश अस्पताल बनाउन तयार रहेको बताएका हुन्।

झाले भने, ‘प्रदेश २ मा प्रत्येक दिन संक्रमितको संख्या बढ्दै छ तर कोरोना विशेष अस्पतालको भने अभाव छ। त्यसका निमित्त समयमै सचेत नभए स्थिति भयावह हुन सक्छ। त्यसैले प्रदेश सरकारले अनुमति दिए हामी कोभिड विशेष अस्पताल बनाउन तयार छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell