PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

सुदूरपश्चिम प्रदेशमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, भारतबाट आएका थिए उनी



एम बम

सुदूरपश्चिम प्रदेशमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, भारतबाट आएका थिए उनी

कैलाली : सुदूरपश्चिम प्रदेशमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। धनगढीस्थित पशुपन्छी अन्वेषण प्रयोगशालाको आरटी पीसीआर मेसिनबाट परीक्षण गर्दा थप एक जनामा कोरोनाको संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

पछिल्लो पटक थपिएका संक्रमित अछामको मेल्लेख गाउँपालिका ४ का ३२ वर्षीय पुरुष रहेको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा जगदीश जोशीले बताए। उनी पनि भारतबाट आएको खुलेको छ।

उनलाई जेठ ८ गते गौरिफन्टा नाकाबाट उद्धार गरिएको थियो। यसअघि कोरोना पुष्टि भएका बैतडीका ४ जना समेत सोही दिन गौरिफन्टा नाका हुँदै भारतबाट आएका थिए।

उनीहरूलाई सीमामा आरडीटी परीक्षणका क्रममा पोजेटिभ देखाएपछि सेती अस्पतालको आइसोलेसनमा राखिएको थियो। पीसीआर जाँचका क्रममा उनमा कोरोना पुष्टि भएको जोशीले जानकारी दिए।

उनको स्वास्थ्य अवस्था सामान्य छ। यो सँगै प्रदेश भरी संक्रमितको संख्या १५ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell