PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

कञ्चनपुरमा लकडाउनमा थप कडाइ, सुरक्षाकर्मीको अनुमति बिना घरबाहिर निस्कन नपाइने



पहिलोपोस्ट

कञ्चनपुरमा लकडाउनमा थप कडाइ, सुरक्षाकर्मीको अनुमति बिना घरबाहिर निस्कन नपाइने

महेन्द्रनगर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लकडाउनमा थप कडाइ गरेको छ। आइतवार बसेको जिल्ला सुरक्षा समिति तथा स्थानीय तहका जनप्रतिनिधिको संयुक्त बैठकले कोरोना भाइरसको संक्रमण जोखिम बढ्दै गएको भन्दै लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको हो।

औषधि उपचार सेवा बाहेक बैंक वित्तीय संस्था तथा तरकारी पसलहरु सबै बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए। उनका अनुसार सुरक्षाकर्मीको परामर्शबिना घर बाहिर निस्कन पाइने छैन।

बैठकले सीमामा अलपत्र परेकालाई व्यवस्थित गरेर क्रमिक रुपमा ल्याउने निर्णय पनि गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell