PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

नारायणी अस्पतालबाट एकै परिवारका १८ जना कोरोना संक्रमित डिस्चार्ज 



राधेश्याम पटेल

नारायणी अस्पतालबाट एकै परिवारका १८ जना कोरोना संक्रमित डिस्चार्ज 

वीरगंज : नारायणी अस्पतालको आईसोलेशन वार्डमा उपचाररत १८ जना संक्रमितहरु कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायका अनुसार लगातार दुई पटक पीसीआर रिपोर्ट नेगेटिभ आएपछि एकै परिवारका १८ जनालाई डिस्चार्ज गरिएको हो। 

कोरोना संक्रमणबाट मुक्त हुँदै डिस्चार्ज हुनेमा वीरगंज ३ छपकैयाका ७ महिला, १० पुरुष र एक शिशु रहेका छन्। 

पर्सामा आइतबारसम्म उपचाररत ९८ जनामा २७ जना डिस्चार्ज भइसकेका छन्। बाँकी ७१ जना मध्ये २७ जनाको गण्डकमा र ४४ जनाको नारायणी अस्पतालमा उपचार भइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell