
जर्मन बुन्डेसलिगा अन्तर्गत आज भएको खेलमा लाइपजिगले माइन्जमाथि ५-० को फराकिलो जित निकालेको छ। ओपेल एरेनामा भएको खेलमा घरेलु टोलीलाई हराउन टिमो वेर्नरले ह्याट्रिक गरे।
खेलको ११ औं मिनेटमै वेर्नरले लाइपजिगको खाता खोलेका थिए। त्यस्तै खेलको २३ औं मिनेटमा युसुफ पउलसेन र मार्सेल सबिट्जेरले ३६ औं मिनेटमा गोल गर्दा लाइपजिगले पहिलो हाफमा ३ गोलको अग्रता बनायो।
दोस्रो हाफमा वेर्नरले नै २ गोल थपे। उनले खेलको ४८ औं र ७५ औं मिनेटमा गोल गर्दै लाइपजिगको ५-० को सहज जित सुनिश्चित गरे।
आजै भएको अर्को खेलमा साल्केमाथि आउग्सबर्गले ३-० को जित हात पार्यो। खेलको छैटौं मिनेटमा एडवार्ड लोविनको गोलमा अग्रता बनाएको आउग्सबर्गले दोस्रो हाफमा २ गोल थप्यो। खेलको ७६ औं मिनेटमा एनएस बाजी र अतिरिक्त समयमा सर्जियो कोर्डोभाले गोल गर्दै साल्केमाथिको सहज जित सुनिश्चित गरे।
जितसँगै लाइपजिग तेस्रो स्थानमा उक्लिएको छ भने आउग्सबर्ग १२ औं स्थानमा उक्लिएको छ। त्यस्तै माइन्ज १५औं स्थानमा छ भने साल्के आठौं स्थानमा रहेको छ।