PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

वीर अस्पताल अगाडि सञ्चालित तीन औषधि पसल परे विभागको कारबाहीमा



रासस

वीर अस्पताल अगाडि सञ्चालित तीन औषधि पसल परे विभागको कारबाहीमा
फोटो : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग/फेसबुक।

काठमाडौं : वीर अस्पताल अगाडि सञ्चालित तीन औषधि पसललाई कारबाही गरिएको छ। बजार अनुगमनका क्रममा सर्जिकल सामग्रीमा बढी मूल्य लिएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारबाहीस्वरुप जरिबाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार हनुमान फर्माले हाइ मास्कलाई बढी मूल्यमा बिक्री गरेको तथा मेगन फार्मेसी र पवित्र प्रोग्रेस फार्मेसीले केएन ९५ मास्क बढी मूल्यमा बिक्री गरेको पाइएकाले जरिबाना गरिएको हो। ती औषधालयले प्रतिमास्क १० देखि २३ रुपैयाँसम्म बढी मुल्य लिएको भेटिएपछि उक्त पसललाई जरिबाना गरिएको विभागले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell