PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

चालु आर्थिक वर्षभित्रै हिमाल सफाइको कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी



रासस

चालु आर्थिक वर्षभित्रै हिमाल सफाइको कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी
फाइल फोटो।

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हिमाल आरोहणसँग सम्बन्धित जनशक्तिलाई हिमाल सफाइलगायत क्षेत्रमा परिचालन गर्न सरकार सकारात्मक रहेको बताएका छन्। पर्वतीय पर्यटनसँग सम्बन्धित क्षेत्रका व्यक्तिसँग आइतवार मन्त्रालयमा भएको छलफलमा उनले चालु आर्थिक वर्षभित्र हिमाल सफाइको कार्यक्रम सञ्चालनको तयारी भएको जानकारी दिए।

नेपाल पर्वतारोहण संघ (एनएमए)को अगुवाइमा बुझाइएको संयुक्त मागपत्र बुझ्दै मन्त्री भट्टराईले आरोही तथा अन्य कर्मचारीलाई राहत पुग्ने कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण भएको स्पष्ट गरे।

एनएमए अध्यक्ष सन्तवीर लामाले पर्वतीय पर्यटनको क्षेत्रमा कार्यरत आरोही र आरोहणमा संलग्न सहयोगीका लागि तत्कालै राहतका कार्यक्रम सञ्चालन गरी आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रममा समावेश गरेर पर्वतीय पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन माग गरे।

प्रस्तावित पर्यटन ऐन २०७६ का सम्बन्धमा संघका तर्फबाट राखिएका सुझाव र संघमार्फत भएका प्रयासका विषयमा समेत जानकारी गराइएको थियो। उक्त मागपत्रमा हिमाल सफाइ, हिमचुलीको अध्ययन तथा पहिचान, पदमार्ग, आरोहण मार्ग र उच्च भञ्ज्याङको अध्ययन, निर्माण तथा पुनः निर्माण, चेन एङकर र साइनेज जडानलगायत कार्यक्रमबारे अवगत गराइएको छ।

त्यसैगरी, हिमाली भागमा पोर्टर सेल्टर र शौचालय निर्माण, आरोहणसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रमको दिगोपनका लागि आरोहणसँग सम्बन्धित माउण्टेन गाइड तथा आरोहणमा संलग्न सहयोगीका लागि नवीकरणीय तालिमको माग गरिएको संघले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell