PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एभरेष्ट प्यारेन्टेरल्सद्वारा नेपालमै पहिलोपटक कोरोना परीक्षणका लागि भीटीएम उत्पादन शुरु



राधेश्याम पटेल

एभरेष्ट प्यारेन्टेरल्सद्वारा नेपालमै पहिलोपटक कोरोना परीक्षणका लागि भीटीएम उत्पादन शुरु

वीरगंज : नेपालमा कोरोना भाइरसको प्रकोप बढिरहकै बेला पहिलोपटक कोभिड १९ परीक्षणका लागि भाइरस ट्रान्सपोर्ट मिडिया (भीटीएम) किट उत्पादन शुरु भएको छ।

वीरगंज पथलैया औद्योगिक करिडोर स्थित छाता पिपरा–४, बारामा नवनिर्मित एभरेष्ट प्यारेन्टेरल्स प्रालिले नेपालमै पहिलो पटक भीटीएमको उत्पादन सुरु गरेको हो।

मुख तथा नाकबाट लिइएको स्वावलाई परीक्षणका लागि ल्याबसम्म सुरक्षित रुपमा पुर्‍याउन भिटिएमको प्रयोग हुन्छ। कोभिड १९ को महामारीमा पीसीआर टेष्टका लागि नभइ नहुने भीटीएम नेपालले बाहिरबाट आयात गर्दै आइरहेको थियो।

एभरेष्ट प्यारेन्टेरल्सका प्रवन्ध निर्देशक उमङ्ग राणासरियाले भने ‘पटकपटक भीटीएम अभावको कारणले गर्दा पीसीआर परीक्षणमा वाधा परिरहेको अवस्थामा नेपालमै उत्पादन सुरु गरिएको हो। न्युनतम मूल्यमा उच्च गुणस्तरको भीटीएम उपलब्ध गराउने हाम्रो अठोट छ। हाम्रो आफ्नै उच्च स्तरीय प्रयोगशाला समेत भएकाले प्रत्येक व्याचको परीक्षण हुनेछ। उनले क्षमतायुक्त बाहिरका ल्याबमा समेत परीक्षण गराएपश्चात् मात्र भीटीएम बजारमा पठाइने बताए।

वरिष्ट फार्मासिस्ट एवं कम्पनिका बिक्रीवितरण प्रमुख विवेक सिंह महतका अनुसार एभरेष्ट प्यारेन्टेरल्सद्वारा उत्पादित भीटीएम नेपालकै पहिलो र एकमात्र कोरोना भाइरस स्पेशिफिक भीटीएम हो।

यस भीटीएमको उत्पादनका क्रममा अमेरिकाको सेन्टर पर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको निर्देशिकाको पूर्ण पालना गरिएको उनले बताए। यसमा प्रयोग हुने कच्चा पदार्थदेखि उत्पादन तथा वितरणको अन्तिम चरणसम्म २ देखि ८ डिग्री सेल्सीयस तापक्रमको कोल्ड चेनको पूर्ण पालना गरिने हुनाले गुणस्तरीयता तथा प्रभावकारी हुने उनले दाबी गरे।

एभरेष्ट प्यारेन्टेरल्सले दैनिक १० देखि १५ हजार ट्युव भीटीएम उत्पादन क्षमता राख्ने बताइएको छ। यो कम्पनीले इन्जेक्टेवल्स, स्लाइन, आइड्रप्स तथा नेजल स्पे्र जस्ता औषधिहरु बजारमा छिट्टै नै लिएर आउँदै तयारी समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell