PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

कञ्चनपुर जिल्ला प्रशासनले भन्यो : अनुशासित भएर नेपाल छिर्नुस्, सबैको परीक्षण हुन्छ



पहिलोपोस्ट

कञ्चनपुर जिल्ला प्रशासनले भन्यो : अनुशासित भएर नेपाल छिर्नुस्, सबैको परीक्षण हुन्छ

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लकडाउनका कारण सिमाना रोकिएका नेपालीहरूलाई व्यवस्थित तरिकाले नेपाल प्रवेश गराउने भएको छ। प्रशासनले भारतीय क्षेत्रमा रहेका नेपालीहरूलाई गड्डाचौकी नाकाबाट औपचारिक रूपमा नेपाल ल्याइने भएकोले प्रवेश गर्न चाहने सबै नागरिकहरुले अनुशासित, मर्यादित भएर आउन आग्रह गरेको छ।

त्यस्तै, यसरी आउने मानिसको विस्तृत विवरण सङ्कलन गरिने भएकाले प्रत्येक व्यक्तिलाई दिइने विवरण फाराम अनिवार्य रूपमा भर्न हुन समेत अनुरोध गरेको।

'हामी सबै विवरण लिन्छौं। उनीहरुको स्वास्थ्य परीक्षण पनि हुन्छ,' कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले भने।

अहिले १५ सय नेपाली भारतबाट आएर गड्डाचौकी नाका रहेको प्रशासनको अनुमान छ। उनीहरुलाई आज दिउँसो सुदुरपश्चिमका र अन्य प्रदेशकालाई छुट्याइ दुई लाइन बनाएर प्रवेश गराइने सिडिओ खतिवडाले जानकारी दिए।

फाराम भर्न छुटाएको खण्डमा जिल्ला प्रवेश गर्दा कठिनाइ हुने भएकोले आफू पनि सो फाराम भर्न र अरूलाई पनि भर्न लगाउन अनुरोध गरेको छ। त्यसपछि उनीहरुको स्थान पहिचान गरेर सुरक्षाकर्मीले आवश्यकता अनुसार सवारी उपलब्ध गराएर पुर्‍याउने व्यवस्था समेत मिलाएको सिडिओ खतिवडाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell