PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

काठमाडौंबाट हराएको नयाँ स्कुटर मेलम्चीमा भेटियो, दुई जना पक्राउ



रासस

काठमाडौंबाट हराएको नयाँ स्कुटर मेलम्चीमा भेटियो, दुई जना पक्राउ

काठमाडौं : काठमाडौंबाट हराएको स्कुटी मेलम्चीमा भेटिएको छ। काठमाडौँ महानगरपालिका–५ गौचरनबाट हराएको स्कुटी आइतबार प्रहरीले चेक गर्ने क्रममा मेलम्चीमा भेटिएको हो।

प्रदेश ३–०२–००१प १९२७ नं को स्कुटीलाई मेलम्चीमा प्रहरीले रोकी जाँच गर्दा उक्त स्कुटी चोरीको भएको थाहा भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए।

चोरीको भनी शङ्का लागेर ट्राफिक महाशाखा रामशाहपथमा बुझ्दा उक्त स्कुटी मिति २०७६ माघ १६ मा काठमाडौँ गौचरनमा रहेको ग्यास र पानी आपूर्ति पसल अगाडिबाट हराएको तामाङले जानकारी दिए।

स्कुटी काठमाडौँ–३० बस्ने प्रभात थापाको भएको बुझिएको छ। स्कुटी चलाएर हिँड्ने मेलम्चीका २३ वर्षीय अच्युत श्रेष्ठ र विकास तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरुलाई महानगरीय प्रहरी वृत्त मालीगाउँ काठमाडौँमा आवश्यक कारवाहीका लागि पठाउने तयारी गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell