PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मुम्बईमा मात्र कोरोना संक्रमित ३० हजार पार, बिहार र युपीमा पनि लगातार बढ्दै



पहिलोपोस्ट

मुम्बईमा मात्र कोरोना संक्रमित ३० हजार पार, बिहार र युपीमा पनि लगातार बढ्दै

नयाँ दिल्ली : पछिल्लो २४ घन्टामा भारतमा ६ हजार ५ सय ६६ नयाँ संक्रमित थपिएका छन्। भारतको एकै दिन धेरैं संक्रमित भेटिएको यो लगातार छैटौं दिन हो। भारतमा एक दिनमा १ सय ५३ जनाले ज्यान पनि गुमाएका छन्।

भारतको महाराष्ट्रमा थप ३ हजार ४१ नयाँ संक्रमित भेटिएका छन् जसमध्ये मुम्बईमा मात्र १७ सय २५ नयाँ संक्रमित छन्। यससँगै मुम्बई एक्लैमा संक्रमितको संख्या ५० हजारको सीमा पार भएको छ। महाराष्ट्रको सबैभन्दा ठूलो र भारतको आर्थिक राजधानी मुम्बईमा संक्रमितको संख्या ३० हजार पार भएको छ।

साइक्लोनका कारण प्रभावित भएको बंगालमा थप २ सय ८ संक्रमित भेटिएका छन्। वंगालमा संक्रमितको संख्या ३ हजार ६ सय ६७ पुगेको छ। तामिल नाडूमा ७ सय ६५ नयाँ केस थपिएको छ भने दिल्लीमा ५ सय ८। गुजरातमा ३ सय ९४ नयाँ संक्रमित थपिएका छन्। त्यसैगरी राजस्थानमा २ सय ८६।

नेपालसँग सीमा जोडिएको भारतीय राज्य उत्तर प्रदेशमा अहिलेसम्म ६ हजार १७ संक्रमित छन्। गएको एक दिनमा २ सय ८२ नयाँ संक्रमित थपिएका हुन्। त्यहाँ १ सय ५५ जनाको मृत्यु भइसकेको छ। उत्तर प्रदेशबाट नेपालीहरु देश फर्किनेक्रम अहिले पनि जारी छ।

नेपालसँग सबैभन्दा लामो सीमा जोडिएको भारतीय राज्य बिहारमा २ सय ३ नयाँ संक्रमित थपिएका छन्। बिहारमा अहिलेसम्म २३ सय ८० संक्रमित छन्। त्यहाँ ११ जानको मृत्यु भइसकेको छ। बिहारबाट पनि धेरै संख्यामा नेपालीहरु नेपाल फर्किरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell