PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

प्रदेश ५ मा थप ५ जनालाई कोरोना संक्रमण पुष्टि



पहिलोपोस्ट

प्रदेश ५ मा थप ५ जनालाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ : प्रदेश पाँचमा थप पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङमा गरिएको परीक्षणका क्रममा बर्दियाका एक र बाँकेका चार जनामा संक्रमण पुष्टि भएको हो।

प्रतिष्ठानले वक्तव्य जारी गर्दै बर्दियाबाट संक्लित एक सय स्वाब परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको जनाएको छ। संक्रमित बासगढी-९ का २५ वर्षका पुरुष हुन्।

त्यस्तै बाँकेको अमृतपुर्वा र नेपाल मावि सरीबाट संकलित दुई सय २९ नमुना मध्ये चारको नतिजा पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ। संक्रमित मध्ये दुधवा गाउँपालिका-२ का २३ र २४ वर्षका पुरुष छन्। त्यस्तै बाँकेकै राप्ती सोनारी गाउँपालिका-७ का १६ र २३ वर्षका पुरुष छन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालसम्म एक हजार तीनसय ७८ जनाको परीक्षण भइसकेको छ। जसमध्ये ३६ को रिपोर्ट पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ। त्यस्तै २६६ नमुनाको रिपोर्ट आउन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell