PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फेरि हिंश्रक बन्यो हङ्कङ, प्रदर्शनमा उत्रिए हजारौं



पहिलोपोस्ट

फेरि हिंश्रक बन्यो हङ्कङ, प्रदर्शनमा उत्रिए हजारौं

कोरोना भाइरसको संक्रमणका कारण रोकिएको हङकङको प्रदर्शन फेरि हिंश्रक हुन थालेको छ। आइतवार हङकङमा हजारौं प्रदर्शनकारीहरु सडकमा उत्रिएका छन्। प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रु ग्यास हानेको छ। बेइजिङले ल्याउन लागेको राष्ट्रिय सुरक्षा कानुनको विरोधमा हङकङमा प्रदर्शन भइरहेको हो।

प्रहरीले १८० जनाभन्दा बढीलाई पक्राउ गरेको छ। आइतवार कजवे वे र वान चाइमा भएको प्रदर्शनका क्रममा उनीहरुलाई पक्राउ गरिएको साउथ चाइना मर्निङपोस्टले जनाएको छ।प्रहरीले प्रदर्शनकारीलाई लक्षत गरी पानीको फोहोरा प्रहार गरको थियो।

प्रदर्शनकारीहरुले पसलहरुमा तोडफोड गरेका छन्। त्यस्तै सडकमा लगाइएको बार पन्छाउन खोज्ने सर्वसाधारणलाई प्रदर्शनकारीहरुले कुटपिटसमेत गरेका छन्।

१० जना सर्वसाधारण अस्पतालमा भर्ना भएका छन्। घाइतेमध्ये एक ५१ वर्षीय सरसफाइ कामदारको गम्भीर अवस्थामा उपचार भइरहेको छ।

चिनियाँ उपप्राधानमन्त्री तथा बेइजिङका उच्च नेतृत्व एवं हङकङका इन्चार्जले स्थानीय प्रतिनिधिहरुलाई राष्ट्रिय सुरक्षा कानुनलाई नजरअन्दाज गर्न नसकिने र अन्त्यसम्म यसलाई कार्यान्वयनमा ल्याइने अभिव्यक्ति दिएसँगै हङकङमा प्रदर्शन सुरु भएको हो।

चीनको राष्ट्रिय जनकंग्रेसको जारी सत्रमा चिनियाँ विदेशमन्त्री वाङ यीले नयाँ कानुनले हङकङको स्वयत्तता र स्वतन्त्रतालाई कुनै हानी नगर्ने बताएका थिए।

यता प्रदर्शनकारीहरुले हङकङका एक कानुन व्यवसायीलाई निर्घात कुटपिट गरेका छन्। त्यहाँको कानुन समाजका सदस्यसमेत रहेका उनलाई प्रदर्शनकारीले सडकमै कुटपिट गरेका छन्।

उनी गत वर्ष नोभेम्बरमा भएको विधायन परिषदमा सहभागी भएका थिए। सोही परिषदबाट पहिचान छिपाउनका लागि प्रयोग गरिने मास्कमाथि प्रतिबन्ध लगाउने निर्णय भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell