A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6994c918521f79.60325009): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6994c918521f79.60325009,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

भुल्केले भुल्दै गरेको त्यो त्रासदी..., अन्तिम टेस्टको प्रतीक्षा, त्यसपछि 'नर्मल' जीवन
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

भुल्केले भुल्दै गरेको त्यो त्रासदी..., अन्तिम टेस्टको प्रतीक्षा, त्यसपछि 'नर्मल' जीवन



सविन ढकाल

भुल्केले भुल्दै गरेको त्यो त्रासदी..., अन्तिम टेस्टको प्रतीक्षा, त्यसपछि 'नर्मल' जीवन

काठमाडौँ : 'सुरुमा धेरै नै तनाव थियो। के गर्ने? कसो गर्ने? भन्ने। अहिले धेरै कम भयो। व्यवस्थापन पनि गर्दै गइयो। अहिले त धेरै कम भएको छ।'

पहिलो पटक कोरनाको सबैभन्दा बढी संक्रमण भोगेको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीको भनाइ हो यो। एक महिनाको अघि भुल्के नेपालकै कोरोनाको इपिसेन्टर बनेको थियो। तर, देशका अरु भागमा यसरी संक्रमण फैलियो कि मानिसहरु भुल्केलाई भुल्दैछन्।

देशभर कोरोना सङ्क्रमितहरु थपिइरहँदा एक महिनासम्म त एक जना पनि सङ्क्रमित नभेटिएकाले धेरैले प्रदेश नम्बर १ लाई सुरक्षित सम्झिएका थिए। तर, उदयपुरमा एकाएक धेरै सङ्ख्यामा सङ्क्रमित भेटिए। उदयपुरको पनि त्रियुगा नगरपालिकाको भुल्के एकाएक 'हटस्पट' बन्यो।

एकै दिन १२ जनासम्म संक्रमिति थपिए त्यहाँ। भुल्केवासी त्रासमा बाच्नु सामान्य नै भयो, मुलुकभर नै त्यसले त्रास फैलायो। त्यसपछि पनि क्रमिक रुपमा भुल्केमा संक्रमित थपिँदै गए। एक महिनाको अवधिमा ३३ जनामा कोरोना सङ्क्रमण देखियो त्यहाँ। ३२ जना भुल्केका र एक जना बाहिरका मानिस संक्रमणको सिकार भए।

सुरुमा भारतीय जमातीबाट त्यहाँ कोरोना सङ्क्रमण फैलिएको आशङ्का भयो। स्थानीय सरकारले जमातीको ट्राभल हिस्ट्री खोज्यो। तर, फेला पर्‍यो - उनीहरू त सङ्क्रमण फैलिनु अगाडि नै नेपाल आइसकेका रहेछन्। कोरोना उनीहरूबाट नफैलिएको निष्कर्ष निकालियो। त्यसपछि अनुसन्धान दुबई र इन्डियाबाट आएका युवकतिर सोझियो। उनीहरूको कन्ट्याक्ट ट्रेसिङ थालियो।

' जमातीबाटै आएको भन्ने लागेको थियो। तर, होइन रहेछ। विदेशबाट आएका युवकबाटै उनीहरुमा संक्रमण भएको निष्कर्षमा पुग्यौं,' मेयर चौधरीले भने।

त्रियुगा नगरपालिकाले दिएको जानकारी अनुसार वर्ड नम्बर ३ को जनसङ्ख्या ८ हजार ६ सय ३० छ। त्यसमध्ये १५ सय जनसङ्ख्या भुल्के क्षेत्रको हो। त्यहाँका ५७ घरमा २ सय ८६ जना मुस्लिम समुदायका नागरिक बस्छन्। सङ्क्रमण देखिएका ५३ घर परिवार पहिलो ट्रेसिङमा परे। १ सय ३२ जनाको परीक्षण गरियो।

सङ्क्रमण फैलिँदै गएपछि भुल्केलाई पूर्णरुपमा सिल गर्‍यो। एकबाट अर्को घरमा समेत निस्किन दिइएन। मानिस घरभित्र नै लक भए। सङ्क्रमण चौतर्फी रुपमा फैलिएकाले उनीहरू पनि त्रासमा नै बाँचेका थिए। 'हामीले घरघरमा तरकारी देखि दूध, साबुन समेत पुर्‍याएका थिर्‍यौं,' मेयर चौधरीले भुल्केमा सङ्क्रमितको सङ्ख्या कम हुन गरेको व्यवस्थापनलाई सम्झिए।

स्थानीयवासीको सहयोग र लकडाउनको पूर्ण पालनाले पनि सङ्क्रमितको सङ्ख्या कम भएको मेयर चौधरीको दाबी छ। अहिलेसम्म त्रियुगा नगरपालिकाको १२ सय ५० जनाको पीसीआर परीक्षण भइसकेको छ। त्यसमध्ये ५३ मुस्लिम समुदायका घरको तेस्रो पटक स्वाब परीक्षणको लागि पठाइएको छ।

अब तेस्रो पटक पठाइएको स्वाब परीक्षणमा कसैको पनि पोजेटिभ नदेखिए भुल्के फेरि सामान्य अवस्थामा फर्किने तयारी गरिरहेको छ।

'यो तेस्रो पटकको परीक्षणमा सबैको नेगेटिभ आए हामी सामान्यतिर फर्कन प्रयास गर्छौँ। सबै सिल खोल्ने तयारी गरिरहेका छौँ। पर्सिबाट सिल खोल्छौँ,' मेयर चौधरीले भने।

पत्रकारको १ सय ७० जनासँग सम्पर्क

पछिल्लो पटक उदयपुरमा सङ्क्रमण देखिएका व्यक्ति पत्रकार थिए। उनी भुल्केभन्दा बाहिरका संक्रमित हुन्। अहिले स्थानीयले पत्रकारसँग सम्पर्क भएका मानिसको कन्ट्याक्ट ट्रेसिङ गरिरहेका छन्। अहिलेसम्म सङ्क्रमित पत्रकारको १ सय ७० जनासँग सम्पर्क भएको खुलेको छ।

'उहाँ धेरैवटा वडामा पुग्नु भएको रहेछ। उहाँसँग सम्पर्क भएका मानिसको खोजी गरिरहेका छौँ,' मेयर चौधरीले भने।

पत्रकारको सम्पर्कमा आएका सबैलाई फोन मार्फत् जानकारी दिइसकिएको छ। उनीहरूमा सङ्क्रमणको लक्षण देखिएमा परीक्षण गर्न समेत अनुरोध गरिएको छ।

केन्द्र र प्रदेश सरकारले प्रति गुनासो

भुल्के अब सामान्यतर्फ फर्किने तर्खरमा छ। सिल गरेको कारण मानिस सहजै गाउँ छिर्न पाएका छैनन्। छिरे पनि उनीहरूलाई क्वारेनटाइनमा राखिएको छ। भारतको सिक्किम, पन्जाब लगायत स्थानबाट १ हजारको सङ्ख्यामा युवाहरू गाउँ फर्किने खबर मेयर चौधरीले पाएका छन्।

तर, उनीहरूलाई कसरी व्यवस्थापन गर्ने? उनीहरू कसरी आउँछन् भन्ने चिन्ताले सताएको छ।

'उनीहरू आउने समयमा प्रदेश सरकारले नै स्वास्थ्य परीक्षण गराए पठाए राम्रो हुने हो,' मेयर चौधरीले भने।

अहिलेसम्म भुल्केमा सङ्क्रमितको सङ्ख्या नियन्त्रण गर्न सकिएकोमा मेयर चौधरी खुशी छन्। तर, संक्रमित बढ्ने विषयमा प्रदेश सरकार र केन्द्र सरकारको उदासीन छन्।

'अहिलेसम्म त सबै ठीक भयो। तर, अब यसरी नै कन्ट्रोल गर्न सकिँदैन। केन्द्र सरकार र प्रदेशले पनि हेर्नुपर्‍यो,' मेयर चौधरीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell