PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

तीन पटक भारतले हक्कीमा ओलम्पिक जित्दा टिममा सदस्य रहेका बलबीर सिंहको निधन



पहिलोपोस्ट

तीन पटक भारतले हक्कीमा ओलम्पिक जित्दा टिममा सदस्य रहेका बलबीर सिंहको निधन

भारतीय हक्की टिमबाट तीन पटक ओलम्पिकमा स्वर्ण पदक जित्दा टिममा महत्वपूर्ण सदस्य रहेका बलबीर सिंहको मृत्यु भएको छ।

लामो समययता बिरामी रहेका सिंहको आज ९५ वर्षको उमेरमा भारतको मोहालीस्थित एक अस्पतालमा निधन भएको हो। पछिल्लो समय दिमागमा रगत जमेको र निमोनियाका कारण २ हप्ता अघि अस्पताल भर्ना भएका थिए।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा चुनिने उनी एकमात्र भारतीय खेलाडी थिए। ओलम्पिकको पुरुष हक्की फाइनलमा सर्वाधिक व्यक्तिगत गोल गर्ने कीर्तिमान उनकै नाममा रहेको छ। उनले सन् १९५२ को ओलम्पिकमा भारतले हल्यान्डलाई ६-१ ले हराउँदा पाँच गोल गर्दै स्वर्ण जिताएका थिए।

उनले सन् १९४८ मा लन्डनमा पहिलो स्वर्ण जितेका थिए। त्यस्तै सन् १९५२ मा हेल्सिन्कीमा उपकप्तानका रुपमा र १९५६ मा मेलबर्नमा कप्तानका रुपमा स्वर्ण पदक जितेका थिए।

सन् १९५७ मा उनलाई पद्मश्री पुरस्कारबाट सम्मानित गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell