PahiloPost

Aug 30, 2026 | १४ भदौ २०८३

नारायणी अस्पतालका ४३ बिरामी संक्रमणमुक्त, दुई पत्रकार पनि डिस्चार्ज हुँदै



राधेश्याम पटेल

नारायणी अस्पतालका ४३ बिरामी संक्रमणमुक्त, दुई पत्रकार पनि डिस्चार्ज हुँदै

वीरगंज : वीरगंजको नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत ४३ जना कोरोना संक्रमितहरु निको भएका छन्। अस्पतालका कोरोना विभाग प्रमुख डाक्टर उदयनारायण सिंहका अनुसार सबै संक्रमितहरुको पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्ने तयारी अगाडि बढेको छ।

'आज बिहान नारायणी अस्पतालस्थित पीसीआर ल्याबको रिपोर्ट अनुसार दोस्रो पटक पनि नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गर्ने प्रकृया भइरहको छ,’ उनले भने। डिस्चार्ज हुने सूचीमा २ जना पत्रकार पनि छन्। डिस्चार्ज हुने ४३ जनामा सर्लाही, बाराका तथा पर्साका वीरगंज, धोबिनी, छिपहरमाईका र एक जना भारतीय पनि छन्।

उनीहरु निरोगी भएर डिस्चार्ज हुने निश्चित भएपछि नारायणी अस्पतलाका चिकित्सकहरु खुशी भएको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले बताए। अब पर्सामा गण्डक अस्थायी कोभिड विशेष अस्पतालमा २७ जनामात्र संक्रमितमात्र रहने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell