PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

इण्डोनेसियामा अलपत्र नेपाली विद्यार्थीको भारतद्वारा उद्धार



पहिलोपोस्ट

इण्डोनेसियामा अलपत्र नेपाली विद्यार्थीको भारतद्वारा उद्धार

काठमाडौं: भारतले लकडाउनका कारण इण्डोनेसियामा अलपत्र एक नेपाली विद्यार्थीको उद्धार गरेको छ।

अध्ययनको सिलसिलामा इण्डोनेसिया पुगेकी चितवनकी शेभिका ढकाललाई एयर इण्डियाको १०३९ विमानले उद्धार गरेको हो। यो विमान भारतीय नागरिकलाई उद्धार गर्न इण्डोनेसिया गएको थियो।

इण्डोनेसियास्थित भारतीय राजदूतावासका अनुसार ढकालले उद्धारका लागि नेपाल सरकारलाई अनुरोध गरेकी थिइन्। नेपालले भारत सरकारलाई अनुरोध गरेपछि इण्‍डोनेसियास्थित भारतीय दूतावासले फर्किने व्यवस्था मिलाएको हो।

भारतको महाऋषि मार्कण्डेय विश्वविद्यालय हरियाणामा अध्ययनरत ढकाल इन्डोनेसियाको विश्वविद्यालयसँग विद्यार्थी आदानप्रदान कार्यक्रमअन्तर्गत अध्ययनका लागि त्यहाँ पुगेकी थिइन्।

ढकाल बाहेक भारतले अष्ट्रेलियाबाट अन्य तीन नेपालीको पनि उद्धार गरेको छ। अर्जुनप्रसाद तिमिल्सना, विश्व तिमिल्सना र मुक्तिप्रसाद तिमिल्सना एआई-३०१ विमानबाट फर्किएको भारतीय दूतावासले जानकारी दिएको छ। उनीहरूको उद्धारको लागि नेपाली दूतावासले अनुरोध गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell