PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

रिपोर्ट नआउँदै शव अन्त्येष्टि गर्न दिने नेशनल मेडिकल कलेज सिल, चिकित्सक र मलामी क्वारेन्टाइनमा



राधेश्याम पटेल

रिपोर्ट नआउँदै शव अन्त्येष्टि गर्न दिने नेशनल मेडिकल कलेज सिल, चिकित्सक र मलामी क्वारेन्टाइनमा
File Photo : nepalcollegesearch.

वीरगंज : उपचारको क्रममा मृत्यु भई दाहसंस्कार समेत भइसकेका बाराको करैयामाई गाउँपालिका ७ करैया टोलका ७० वर्षका वृद्धमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै  स्थानीय प्रशासनले नेशनल मेडिकल कलेजको सिल गरेको छ। 

पर्सा प्रहरीले वृद्धको मृत्यु र दाहसंस्कार गरिएकफ ८ दिनपछि कोरोना संक्रमण पुष्टि भएको थाहा पाएपछि अस्पतालमा प्रवेश गर्ने ढोका सिल गरेको हो।  

हाल अस्पतालमा आवतजावत गर्न रोक लागाइएको पर्साकी एसपी गंगा पन्तले जानकारी दिइन्।

‘म अहिले नारायणी अस्पतालकै डाक्टरहरुसंग सल्लाह गर्दैछु। उक्त मृतक संक्रमितको सम्पर्कमा कति डाक्टर,कति स्वास्थ्यकर्मी र ती चिकित्सकहरुको सम्पर्कमा कति विरामी आए,ती सबैको कन्ट्याक्ट ट्रेसिङको काम शुरु भइसकेको छ,’उनले भनिन्,‘कोरोना पुष्टिको खबरले नेशनल मेडिकल कलेजमा त्रास फैलिए तापनि व्यवस्थापन र स्वास्थ्यकर्मीसंग संयम अपनाउन अपिल गर्छु।’

गत जेठ २ गते दिउँसो डेढ बजे अचानक श्वासप्रश्वासमा गडबडी भएपछि उनलाई  नेशनल मेडिकल कलेज ल्याइएको थियो। त्यहाँ उनलाई आयसियु कक्षको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।  उपचारका क्रममा जेठ ४ गते मध्यान्ह १२ बजे उनको मृत्यु भएको थियो ।जेठ २ गते नै मेडिकल कलेजका डाक्टरहरुले कोरोनासंग मिल्दो जुल्दो लक्ष्ण देखिएपछि उनको स्वाब संकलन गरि नारायणी अस्पताल पुर्‍याएका थिए। स्वाबको रिपोर्ट नआउँदै उनको शव परिवारलाई हस्तान्तरण गरिएको थियो।  

स्वाब २ गते संकलन गरिएपनि परीक्षण भने मृत्यु पछि मात्रै गरिएको थियो। जेठ ८ गतेको परिक्षणमा नारायणी प्रयोगशालाबाट रिपोर्ट शंकास्पद देखिएपछि सोही दिन काठमाडौंको ल्याबमा पठाइएको थियो ।जसको सोमवार विहान रिपोर्ट पोजेटिभ आएका नारायणी अस्पतालका मेसु डा. मदनकुमार उपाध्यायले जनाएका छन् ।


मलामी जानेलाई राखियो होम क्वारेन्टाइनमा

वृद्धको निधन भएपछि जेठ ४ गते शव बुझेर निजका परिवारजनले सोहीदिन साँझ दाहसंस्कार गरेका थिए ।

हाल वृद्धमा कोरोना संक्रमण पुष्टिभएपछि मलामी जाने सबैलाई होम क्वारेन्टाइनमा राखिएको छ। उनीहरुको सम्पर्कमा कसैलाई आउन नदिने गरी गाउँमा स्थानीय प्रहरी खटाएको बारा प्रहरीले जनाएको छ।

बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले भने,‘घरपरिवार र मलामी जाने करिब ३० जनालाई घरमै होम क्वारेन्टाइनमा बस्न भनेका छौ,अब उनीहरुको पनि कन्ट्रयाक्ट ट्रेसिङ गरी स्वाब संकलन गरी परिक्षण गर्ने तयारी छ।’

मृतकका परिवार अहिले क्रियामा बसेको हुनाले गाउँभन्दा परको क्वारेन्टाइनमा राख्न नमिल्ने बारा प्रहरीले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell