
काठमाडौं: त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पीसीआर ल्याबबाट कोरोना भाइरसको परीक्षण सुरु भएको छ।
अस्पतालका कार्यकारी कार्यकारी निर्देशक प्रेम सिंह खड्गाले ल्याब मेसिन जडान भइसकेको र आजैबाट परीक्षण सुरु हुने जानकारी दिए।
यसअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक्रराज ट्रपिकल सरुवा रोग केन्द्र र वीर अस्पतालबाट पीसीआर परीक्षण भइरहेको छ।