PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

अछाममा पहिलोपटक कोरोना संक्रमण पुष्टि, ६८२ संक्रमित हुँदा चार जनाको मृत्यु



पहिलोपोस्ट

अछाममा पहिलोपटक कोरोना संक्रमण पुष्टि, ६८२ संक्रमित हुँदा चार जनाको मृत्यु

काठमाडौँः थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ। 

मन्त्रालयका अनसार अछाम जिल्लामा पहिलोपटक कोरोना केस पुष्टि भएको छ। सेती अस्पतालमा भएको परीक्षणमा अछामका ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।  

यस्तै, भेरी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा बर्दिया गुलरियाका तीन पुरुषमा संक्रमण पुष्टि भएको छ। 

नारायणी अस्पतालमा भएको परीक्षणमा २ जनामा कोरोना पोजेटिभ भेटिएको छ। एक जना पर्सा जिराभवानीका हुन्। अर्का काठमाडौँ घर भई बाराको कलैया बस्ने २८ वर्षीय पुरुष छन्। 

एक जनाको मृत्युपछि संक्रमण पुष्टि भएको हो। वीरगंजको नेशनल मेडिकल कलेजमा जेठ ४ गते निधन भएका एक जनाको सातापछि आएको रिपोर्टमा संक्रमण पुष्टि भएको हो। 

नेपालमा कूल संक्रमित ६८२ पुग्दा चार जनाको निधन भइसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell